दफा २४८
अदालती शुल्क, धरौटी तथा खर्च फिर्ता लिने अवधि

(१) यस संहितामा अन्यथा उल्लेख भएकोमा बाहेक पैmसला बमोजिमफिर्ता पाउने ठहरिएको अदालती शुल्क वा धरौटी रकम त्यस्तोफैसला अन्तिम भएको थाहा पाएको मितिले एक वर्षभित्र सम्बन्धित व्यक्तिले फिर्ता माग गरी प्रमाण सहितसम्बन्धितअदालतमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम माग गरिएको रकम फिर्ता गर्नु पर्ने रहेछ भने अदालती शुल्कको हकमा त्यस्तो निवेदन प्राप्तभएकोतीन महिनाभित्र र धरौटी रकम भए सात दिनभित्र फिर्ता गर्नु पर्नेछ ।
(३) यस संहितामा अन्यथा उल्लेख भएकोमा बाहेक लिलामबिक्रीबाट प्राप्त रकम लिन वा फिर्ता पाउने व्यक्तिले लिलाम बिक्रीभएको मितिले छ महिनाभित्र त्यस्तो रकम बुझी लिनु पर्नेछ ।
(४) उपदफा (१) वा (३) बमोजिमको म्यादभित्र सम्बन्धित व्यक्तिले अदालती शुल्क, धरौटी वा रकम बुझि नलिएमा पछित्यस्तोरकम वा सम्पत्ति फिर्ता लिन पाइने छैन र त्यस्तो धरौटी रकम सरकारी आम्दानीमा बाँधिनेछ ।